महरालाई सरकारी वकिलको कार्यालयमा पुऱ्याइयो

महरालाई सरकारी वकिलको कार्यालयमा पुऱ्याइयो


संसद् सचिवालयकै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थपका लागि भन्दै उनलाई सरकारी वकिलको कार्यालयमा हाजिर गराइएको हो ।

आफूमाथि असोज १२ गते आफ्नै डेरामा आएर सभामुख कृष्णबहादुर महराले यौन दुव्यर्वहार गरेको भन्दै पीडित महिलाले असोज १८ गते किटानी जाहेरी दिएपछि महरा १९ असोजमा पक्राउ परेका थिए ।

पक्राउपछि प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महरालाई स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई अस्पतालबाट सीधै सरकारी वकिलको कार्यालय लगिएको हो ।

महरा पक्राउ गरेपछि दशैँबिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि आज मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ ।