आफताव आलम सांसद पदबाट निलम्वित

आफताव आलम सांसद पदबाट निलम्वित


प्रतिनिधिसभाका सांसद मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्वन गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त कर्तव्य ज्यानसम्बन्धी मद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति माग गरेसँगै उनी निलम्बनमा परेका हुन् ।

रौतहटको राजापुर नगरपालिका–१ स्थित इद्रिस गेटबाट आलम गत आइतबार पक्राउ परेका थिए । उनमाथि बाह्र वर्षअगाडि इँट्टा भट्टामा मानिस जलाएर हत्या गरेको अभियोगमा मुद्दा चल्दै आएको थियो ।

सङ्घीय सचिवालयद्वारा सोमबार (२७ असोज) जारी गरिएको सूचनामा आलम पक्राउ गरिएको उपसभामुखलाई जानकारी गराइपछि प्रतिनिधिसभा नियमावलीअनुसार उनको सांसद पद निलम्वन गरिएको उल्लेख छ ।