ग्यास सिलिन्डर विस्फोटबाट उत्तर प्रदेशमा दस जनाको मृत्यु

ग्यास सिलिन्डर विस्फोटबाट उत्तर प्रदेशमा दस जनाको मृत्यु


भारतको उत्तर प्रदेशको मोहम्मदावादमा आज (२७ असोज) विहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा दस जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटबाट दुईतले घरमा ठूलो क्षति पुगेको थियो । विष्फोटका कारण घर नै भत्किन पुगेको र भत्केको घरभित्र केही व्यक्ति पुरिएको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ ।

उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै तत्काल सबै सम्भाव्य उपाय अवलम्बन गरी उद्धार र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका एएनआईले जनाएको छ ।