मस्कटमा प्रवासी नेपाली एकता मञ्च ओमानको दशैं विशेष कार्यक्रम सम्पन्न

मस्कटमा प्रवासी नेपाली एकता मञ्च ओमानको दशैं विशेष कार्यक्रम सम्पन्न


■ आरके श्रीवास्तव, ओमान

प्रवासी नेपाली एकता मञ्च ओमानको दशैं विशेष सांस्कृतिक कार्यक्रम मस्कटमा भव्य रूपमा सम्पन्न भएको छ । ११ अक्टोबर २०१९ शुक्रबारका दिन मस्कटको होटल अलमाहा गोब्रामा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको थियोे ।

मञ्चका कार्यदल सदस्य उमेश विश्वकर्माको अध्यक्षता र नेपाली राजदूतावास मस्कट ओमानकी श्रमसहचरी कृष्ण कुमारी गौलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रमको लागि नेपालबाट आउनुभएका जनवादी गायक जेबी टुहुरे विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो । साथै अतिथिमा लोक गायिका तुलसी घर्ती मगर रहनुभएको थियो ।

सो अवसरमा अतिथिहरू नेपाली जनसम्पर्क समिति ओमानका महामन्त्री नवीन पंगेनी, ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, नेपाली समाज ओमानका दिल रोका, गैरआवासीय नेपाली सोसल क्लब ओमानका उपाध्यक्ष विकल झा, म्याग्दी प्रवासी संघ मोना ओमानका उपाध्यक्ष गणेश चोखाल ,नेपाली महिला समूह ओमान कि अध्यक्ष मधु गुरुङ्ग, तामाङ समाज ओमानका अध्यक्ष तेजबहादुर तामाङ, बुद्ध भिजन ओमान, तमु समाज ओमान, नेपाल मगर संघ ओमान, दलित एकता संजाल ओमान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान, बाग्लुङ सेवा समाज ओमान, गुल्मी सेवा समाज ओमानका प्रतिनिधिहरूसहित सयौं नेपालीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रारम्भ ज्ञात-अज्ञात सहिदहरुप्रति मौनधारण गरिएको थियो । मैनबत्ती बालेर राष्ट्रिय धुन बजाई कार्यक्रमको उदघाटन गरिएको थियो ।

कार्यक्रममा मञ्चका सदस्य लीलानाथ कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथिलगायत उपस्थित विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरूले दशैँ शुभकामना मन्तब्य राखेका थिए ।

श्रमसहचारी गौलीले संस्थाका कार्यक्रम अध्यक्ष उमेश विश्वकर्मा लगायत उपस्थित सबैलाई टीकाजमरा लगाइदिनु भएको थियो । कार्यक्रमको संचालन पुर्ण विश्वकर्माले कार्यक्रम संचालन गर्नु भएको थियो ।

गायक टुहुरे र गायिका घर्ती मगरको प्रस्तुतिले हलमा रहेका दर्शकलाई भरपुर मनोरञ्जनप्रदान गरेको थियो । साथमा ओमानस्थित स्थानीय नेपाली कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिले सांस्कृतिक कार्यक्रममा रौनकता थपेको थियो ।

कार्यक्रममा गायक जेबी टुहुरे, लोक गायिका तुलसी घर्ती मगर, प्रमुख अतिथि श्रमसहचारी कृष्ण कुमारी गौलीलाई मञ्चका कार्यदल सदस्य उमेश विश्वकर्मा, पदम प्रसाद अर्याल, सोम कृष्ण श्रेष्ठले प्रमाणपत्र खादा ओढाएर सम्मान गर्नुभएको थियो भने कलाकारद्वय लाई नेपाल मगर संघ ओमानले ओमानी चिनो प्रदान गर्दै सम्मानित गरेको थियो । कार्यक्रमको मिडिया पार्टनरको रूपमा घटना र विचार डटकम, नेपाल बज्जिका पत्रकार संघ ओेमान, प्रवास खबर डट कम, संसार न्यूज डट कम, इरूप्से डट कम रहेका थिए ।

अन्त्यमा कार्यक्रमका अध्यक्ष उमेश विश्वकर्माले कार्यक्रम सफल पार्नको लागि नैतिक, भौतिक र आर्थिक सहयोग पुऱ्याउने सम्पूर्ण स्पोनसर, मिडियापार्टनर सहयोगी र उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।