सिकागोमा गोली चल्यो, चारको मृत्यु

सिकागोमा गोली चल्यो, चारको मृत्यु


संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एकजना घाइते भएका छन् । मारिएकाहरुमा तीन जना पुरुष र एक महिला छिन् ।

विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एक जना ६७ वर्षीय निर्माण मजदूरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली चलाएका थिए ।

मारिएका व्यक्तिहरु आफ्नो कोठामा खाना खाइरहेका बखत ती मजदूर जबर्जस्ती भित्र पसेर गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ । गोली चलाउनुको कारण थाहा हुन सकेको छैन ।