प्राकृतिक प्रकोपबाट हुने क्षतिबारे अन्तरक्रिया

प्राकृतिक प्रकोपबाट हुने क्षतिबारे अन्तरक्रिया


■ नारद कोहार, कपिलवस्तु

जिल्लामा प्राकृतिक प्रकोप न्यूनीकरण दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राकृतिक प्रकोपबाट हुने क्षति कम गराउन जोड दिँदै हरेक वर्ष अक्टोबर १३ मा यो दिवस मनाइने गरिन्छ । नेपालमा प्राकृतिक प्रकोपका कारण वर्षेनी धेरै मानिसको मृत्यु हुने गरेको छ भने ठूलो मात्रामा भौतिक क्षति हुने गरेको छ ।

जिल्लामा डुबान, आगलागी, बाढी र नादीकटान मुख्य चुनौती रहेको सरोकारवालाहरुले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति कपिलवस्तुले आयोजना गरेको अन्तरक्रियामा सो कुरा बताइएको छ ।

जिल्लाको हरेक स्थानीय तहहरुमा रहकेको प्रकोपहरुलाई योजना बनाएर अघिबढेको स्थानीय निकायका प्रमुख प्रतिधिनिधिहरुले बताएका छन् ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति कपिलवस्तुका अध्यक्ष गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्थाानीय निकायका प्रमुख, उपप्रमुख, राजनीतिक दल, पत्रकार, सरकारी कार्यालयका प्रमुख र प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।