राष्ट्रपति सीसँग नेकपाका नेताहरुको सामुहिक भेटवार्ता

राष्ट्रपति सीसँग नेकपाका नेताहरुको सामुहिक भेटवार्ता


नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नेकपाका शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहअध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित सो पार्टीको सचिवालयका सदस्यहरुले शिष्टाचार भेट गरेका हुन् ।

राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरु एवं पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी रहेका थिए ।

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत हरहेकाले दुई पार्टीबीच उच्चस्तरमा छलफल भएको बताइन्छ । ज्ञातव्य छ, यही असोजमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो ।

राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी पनि सो भेटवार्तामा सहभागी थिए ।

pic:rss