आजको पञ्चाङ्ग एवम् राशिफल (२६ असोज २०७६ आइतबार, १३ अक्टुबर २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ असोज २०७६ आइतबार, १३ अक्टुबर २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४१ नेपाल सं. ११३९ शरद ऋतु वि.सं. २०७६ आश्विन २६ गते तद्अनुसार सन् २०१९ अक्टुबर १३ तारिख आइतबार आश्विन शुक्लपक्ष पूर्णिमा तिथि उतराभाद्रपद नक्षत्र ८ः३१ पर रेवती नक्षत्र ब्याघ्यात् योग भद्रा करण आनन्दादिमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय विहान ६ः०३ मा भयो र सूर्यास्त साँझ १७ः३६ मा हुनेछ । पूर्णिमा व्रत, कोजाग्रतव्रत, कार्तिक स्नानारम्भ, आकाशदीप दानारम्भ ।

आजको राशिफल :

मेष राशि – हांसविलास, भ्रमण आदिमा रुचि बढ्ला । खेलकूदप्रति आकर्षण होला । योजना र बजेट बनाई काम गर्नु उचित होला । शारीरिक र आर्थिक कार्यमा जोखिम लिनु उचित नहोला । विवादमा नपरियोस् भनेर ध्यानमा राख्नुपर्ला । अरुको भर पर्नु उचित हुनेछैन ।

बृष राशि – अन्न धन बढ्नेछ । लेखन प्रकाशन बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । यात्रा हुनेछ । साथीभाइको साथ मिल्नेछ । आय वृद्धि होला । दैनिक कार्य राम्ररी चल्नेछ । उधारो लगाइएको पैसा उठ्ला । इच्छा पूरा होला । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ ।

मिथुन राशि – कार्यमा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्ला । यश बर्चश्वमा बृद्धि हुनेछ । धन र मान–महत्व बढ्ला ।

कर्कट राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । रसरागको कर्ममा रुचि बढ्ला । यात्रा होला । ख्याति फैलिनेछ । सुख सन्तति बृद्धि होला । प्रेममा सफलता पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

सिंह राशि – कुनै प्रकारको जोखिममा नपर्नु शुभ रहला । लगानीको कुरामा ध्यान दिनुपर्नेछ । रसरागमा आकर्षण बढ्ला । ठूलो रकमको लगानी र महत्त्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । स्वास्थ्य र पाचनतन्त्रप्रति ध्यान राख्नुपर्नेछ ।

कन्या राशि – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख शान्तिमा बृद्धि हुनेछ । साझेदारीको काम बन्ला । मिठो भोजन खान पाउनुहुनेछ । यात्रापरक काम बन्ला । इष्टमित्रको साथ भेटिएला । आँट उत्साह वृद्धि होला ।

तुला राशि – मनोकुलको कार्य बन्ला । आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । शत्रुलाई जित्ने शक्ति बढ्ला । आफन्तको सहयोग मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । परिवारिक सुख शान्ति बढ्नेछ ।

वृश्चिक राशि – सुख शान्ति मिल्नेछ । इष्टमित्रको मद्दत मिल्नेछ । अध्ययन–अध्यापनमा रुचि बढ्ला । प्रेममा सफलता प्राप्ति होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम पनि बन्नेछ । मान महत्व बढ्ला ।

धनु राशि – भागदौड रहला । खर्च बढेको लाग्ला । विवाद आदिमा नपर्नु उचित हुनेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ । लापर्वाही गरेमा भोली पछुतोमा पर्नुपर्नेछ । योजना र बजेट बनाइ काम गर्नुपर्नेछ ।

मकर राशि – सुख समृद्धि धन यश मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । आयात निर्यातसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । इष्टमित्रको सहयोग भेटिनेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नियमित काममा सफलता मिल्नेछ । उन्नतिपदोन्नति हनेछ ।

कुम्भ राशि – धन मान बढ्नेछ । सुख आनन्द बढ्नेछ । सभासमारोहमा सम्मानित हुनुहुनेछ । गौरवमा बृद्धि होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । मनोकुलको काम बन्नेछ । साहसिक काम बन्ला । हाकिमको साथ मिल्ला ।

मीन राशि – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा बढोत्तरी होला । सुख शान्तिको अनुभूति हुनेछ । यात्रा होला । शुभ समाचार मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । इष्टमित सुख सन्तति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । सुख शान्ति आनन्द बढ्नेछ । मान सम्मान बढ्नुसँगै ख्याति फैलिनेछ ।