प्रचण्डले एकल भेट नपाउने !

प्रचण्डले एकल भेट नपाउने !


चिनियाँ राष्ट्रपति सी जिन पिङसङ्ग प्रचण्डले एकल भेटको अवसर नपाउने भएका छन् । प्रचण्डले एकल भेट पाउन गरेको सबै प्रयास सीको आगमन हुँदासम्म सफल हुन सकेको छैन।

नेकपा सचिवालयका सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ , बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा वादल, बिष्णु पौडेल तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसङ्गै प्रचण्डले करिव पन्ध्र मिनेट सीसङ्ग बोल्ने मौका पाउने भएका छन् । प्रचण्डले पहिले एक्लै भेट्नका लागि प्रयास गरेको र त्यो सम्भव हुने नदेखिएपछि सचिवालयका सदस्यहरू रामबहादुर थापा र नारायणकाजी श्रेष्ठलाई नराखिकन भेटको ब्यवस्था मिलाउन सम्बन्धित पक्षसङ्ग अनुरोध गरेका थिए, तर उनको कतै सुनुवाई भैरहेको छैन।

तथापि, राष्ट्रपति सी र प्रचण्डबीच पार्टीप्रमुखका नाताले एक्लाएक्लै भेटवार्ता तय भएको प्रचण्डका निकटजनले दाबी गरेका छन् ।

प्रचण्डले पार्टी अध्यक्ष केपी ओलीलाई थाहै नदिई चीनमा पत्राचार गरेको भन्ने पनि जानकारीमा आएको छ। यस विषयमा सीको फिर्तिपछि गम्भीरतापूर्वक खोजबीन गरिने बुझिएको छ।