‘हागीबिस’का कारण हवाई तथा रेल सेवामा अवरोध

‘हागीबिस’का कारण हवाई तथा रेल सेवामा अवरोध


■ श्याम क्षेत्री, टोकियो (जापान)

विनासकारी ठानिएको हागीबिस नाम गरेको ताईफु (आँधी) आउनुअघि नै जापानको मुख्य विमानस्थल नारिता र हानेदा शनिबार (२५ असोज) बन्दको घोषणा गरिएको छ ।

जापानका मौसम अधिकारीहरुले ताईफुले आइतबार रातीबाटै विनासकारी रुप देखाउने भन्दै नागरिकहरुलाई सम्भावित क्षेत्रमा शनिवार ज्यान जोगाएर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

जापानको मुख्य रेल सेवा कम्पनी जेआरले आईतबार अपरान्हसम्म बुलेट रेल बन्द हुने सूचनामा उल्लेख गरेको छ । आइतबार अपरान्हसम्म रेलसेवा ठप्प हुने बताएको जेआरले कतिखेर खुल्ला हुने भन्ने केही जनाएको छैन ।

टोकियोसहित नागोयामा पनि शनिबर सम्पूर्ण रेलसेवा बन्द हुने भएका छन् । नागोया र सिन ओसाकाबीचको क्षेत्रमा शनिबार विहान केही रेलसेवा सञ्चालनको योजना रहेपनि मौसममा भरपर्ने बताइएको छ ।

सिन ओसाका र ओकायामा क्षेत्रमा सञ्चालन हुने सबै रेलसेवा शनिवार पूर्ण रुपमा बन्द हुनेछन् ।

यसैगरि जापानको राजधानी टोकियो नजिकका हानेदा र नारिता मुख्य बिमानस्थल शनिवार पूर्ण रुपमा बन्द हुने भएको छ ।

शुक्रबार रातीदेखी शनिवार र आईतबार अपरान्हसम्ममा गरेर हालसम्म १५ सय उडान रद्दको अनुमान गरिएको छ ।

जापानी विमान कम्पनी एएनएले हानेदा र नारिताबाट शनिबार हुने आफ्ना सबै उडान बन्द हुने जनाएको छ ।

यसैगरि नागोया र ओसाकाबाट हुने हवाई उडान समेत बन्दको घोषणा कम्पनीले गरेको छ ।

नागोया र ओसाकाबाट हुने आन्तरिक उडानहरु समेत अधिकाशं शनिबार बन्द हुनसक्ने जनाउँदै एएनए कम्पनीले यात्रुहरुलाई उडानको समयमा यात्रामा निक्लनुअघि अनिवार्य रुपमा आफ्नो बिमान उडानको अवस्थाबारे बुझ्न अनुरोध गरेको छ ।

जापान एयरलाईन्स जलले पनि हानेदा र नारिताबाट शनिबार कुते आफ्नो सम्पूर्ण हवाई उडान बन्द हुने जनाएको छ ।

जलले नोगाया र कान्साई अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अधिकाशं अन्तर्राष्ट्रिय उडान समेत शनिबार रोकिनसक्ने जनाएको छ ।

यसैगरी, हानेदा, नारिताबाट हुने सबै आन्तरिक उडान बन्द हुने जनाउँदै जलले नागोया, ओसाका र कान्साई बिमानस्थलबाट हुने आन्तरिक उडान पनि बन्द हुनसक्ने जनाएको छ ।