रेस्लिङ च्याम्पियनसीपमा जमुनाको दोहोरो जित

रेस्लिङ च्याम्पियनसीपमा जमुनाको दोहोरो जित


रेस्लिङ च्याम्पियनसीपमा जमुना तामाङले दोहोरो जित हातपारेकी छन् । पहिलो खेलमा शान्ता धामीलाई पराजित गरेकी जमुनाले दोश्रोमा लक्ष्मी घर्ती मगरलाई पराजित गरेकी हुन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनले विजयादशमीको अवसरमा आयोजना गरेको प्रतियोगिताको अन्य खेलमा भगवती खड्का (युनिका)ले सिर्जना कोजु तथा गीता जिरेलले तनु ठकुरीलाई पाखा लगाए ।

विजेतालाई ट्रक व्यवसायी संघका अध्यक्ष जनार्दन फुयाँल, एलएसएए मल्टिपर्पज कम्पनी प्रा.लि.का प्रोप्राइटर लक्ष्मी श्रेष्ठलगायतले पुरस्कृत गरे । प्रतियोगितालाई फुयाँलले ५० हजार तथा श्रेष्ठले १० हजार नगद पनि प्रायोजन गरेका थिए ।

अन्य प्रायोजकहरुमा ज्योति विकास बैंक, महालक्ष्मी बैंक, नेपाल दूरसञ्चार प्राधिकरण र होङ्सी सिमेन्ट रहेका आयोजकले जनाएको छ । काठमाठौं शान्तिनगरमा भएको एकदिने प्रतियोगितामा अस्मिता जुरेलीले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।