अन्तर्राष्ट्रिय पार्कर दिनेश सम्मानित

अन्तर्राष्ट्रिय पार्कर दिनेश सम्मानित


समावेशी इन्करेजमेन्ट अवार्ड कार्यक्रम भक्तपुर साँगास्थित नेपाल पुलिस स्कुलमा सम्पन्न भएको छ । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई अवार्ड प्रदान गर्ने सिलसिलामा नेपाली खेलक्षेत्रमा पार्कर खेलमार्फत तीन पटकसम्म नाम लेखाउन सफल अन्तर्राष्ट्रिय पार्कर खेलाडीको रुपमा दिनेश सुनारलाई पनि यो अवार्ड प्रदान गरिएको छ ।

गिनिज बुकमा तीन पटकसम्म नाम लेखाइसकेका दिनेश सन् २०२० मा अमेरिकामा आयोजना हुने युएसए गड ट्यालेन्ट इभेण्टमा सहभागी भएर चौथो विश्व रेकर्ड एटेम्ट गर्ने तयारीमा छन् । क्लब ४० एफ इन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटामार्फत अवार्ड प्रदान गरिएको थियो ।

भक्तपुर साँगास्थित पुलिस स्कुलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको हो । क्लब ४० एफ इन्टरनेश्नल नेपालको आयोजनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सुचना तथा संचारमन्त्री गोकुल बास्कोटा र कार्यक्रमका सभापति क्लब ४० एफ इन्टरनेशनल नेपालका अध्यक्ष समीर लामा थिए । साथै कार्यक्रममा नेपाली सिनेनायक धिरेन शाक्य, नेपाल आइडल सिजन १ को आइडल बुद्ध लामा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।