स्वास्थ्यमा समस्या देखिएपछि महरालाई नर्भिक अस्पताल भर्ना गरियो

स्वास्थ्यमा समस्या देखिएपछि महरालाई नर्भिक अस्पताल भर्ना गरियो


बलात्कार आरोपमा अनुसन्धानको लागि गत आइतबारदेखि प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई राजधानीको नर्भिक अन्तर्राष्ट्रिय भर्ना गरिएको छ । महराको मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो ।

प्रहरी सुत्रले जनाएअनुसार नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको अवस्थामा स्वास्थ्यमा समस्या देखिएकोले अस्पतालमै राखेर उपचार गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो ।

महराको रक्तचाप पक्राउ परेको दिनदेखि नै अनियन्त्रित भएको थियो भने स्वासप्रस्वासमा समस्या देखिएपछि हिरासतमै उनलाई अक्सिजन दिने व्यवस्था मिलाईएको थियो ।