जनवादी गायक जेबी टुहुरे र लोकगायिका तुलसी घर्तीमगर ओमानमा

जनवादी गायक जेबी टुहुरे र लोकगायिका तुलसी घर्तीमगर ओमानमा


■ आरके श्रीवास्तव, ओमान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च ओमानले दशैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । ११ अक्टोबर २०१९ शुक्रबारका दिन राजधानी मस्कटको होटल अलमाहा गोब्रामा दशैँ कार्यक्रम हुने भएको हो ।

नेपालीको महान् पर्व दशैँ, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान, भेटघाट तथा आपसी सदभाव बढाउनू वृहत सांस्कृतिक कार्यक्रम २०१९ू आयोजन गर्न लागिएको प्रवासी नेपाली एकता मञ्च ओमानले जनाएको छ। दशैँ विशेष कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको मञ्चका कार्यदल सदस्य सोम श्रेष्ठले बताए ।

सो कार्यक्रममा सहभागी हुन राष्ट्रिय कलाकारहरू वरिष्ठ जनवादी गायक जेबी टुहुरे र चर्चित लोक दोहरी गायिका तुलसी घर्तीमगर ओमान आइपुगेका छन् । जेबी र तलसीका सुाथ स्थानीय कलाकारहरूसमेत मिलेर बेजोड प्रस्तुति दिने जनाइएको छ ।

यस अवसरमा सगरमाथा आरोही ओमानी नागरिक नादिरा अल हार्थीलाई आयोजक संस्थाले विशेष सम्मान गर्ने तयारी गरेको ओएनयुएफ आमानका कार्यदल सदस्य उमेश बिकले जानकारी गराए । उनका अनुसार सोही कार्यक्रमबाट पर्यटन वर्ष २०२० लाई ओमानमा संस्थागत रुपमा उदघाटन तथा प्रचारप्रसार गरिने छ ।

होटल अलमाहा (गोब्रा, मस्कट)मा शुक्रबार स्थानीय समयअनुसार विहान ११ बजे शुरु हुने कार्यक्रममा सहभागी हुन सम्पूर्ण ओमानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रवासी नेपाली एकता मञ्च ओमानका कार्यदल सदस्य महेश न्यौपानेले आग्रह गरेका छन् ।