अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने तालिबानको निर्णय

अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने तालिबानको निर्णय


‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौँ, हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता गर्दैनौँ र हामीले त्यस्ता वार्तालाई यसअघि अस्विकार गरिसकेका छौं,’ तालिबान लडाकू समूहका प्रवक्ता जबीउल्लाह मुजाहिदको अभिव्यक्ति हो यो ।

गत महिना काबुलमा भएको बम विष्फोट घटनामा एक अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्तिवार्ता हुने सकेको थिएन ।

तालिवान र पाकिस्तानबीच अफगान शान्ति सम्बन्धमा नयाँ वार्ता भइरहेको छ, यद्यपि अफगान सरकारले उनीहरूलाई समर्थन गरेको छैन । एएनआर्इका अनुसार तालिबानले काबुलको प्रशासनलाई अमेरिकी कठपुतली ठानेर उनीहरूको विश्वासलाई अस्वीकार गर्ने बताएका छन् भने अफगानिस्तानका राष्ट्रपतिका पूर्वसल्लाहकार दाउद सुल्तानजोयका अनुसार शान्ति वार्तामा संलग्न देशहरूले बाँकी सहभागीहरूसँगको आत्मविश्वास बढाउन आवश्यक छ ।

अफगानी तालिवान समूहको प्रतिनिधिमण्डल र पाकिस्तानबीच शान्तिवार्तालाई पुनः सञ्चालन गर्ने विषयमा गत बिहीबार सहमति भएको थियो । अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको र वार्ता सहमतिनजिक पुगेको बताइरहेका समय अफगानिस्तानको काबुलमा भएको एक विष्फोटमा एक अमेरिकी कर्मचारीको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको शुरूमा अकस्मात तथा एकतर्फी रूपमा तत्कालका लागि वार्ता अवरूद्ध भएको घोषणा गरेका थिए ।

तालिवान राजनीतिक आयोगको एक प्रतिनिधिमण्डलले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीलाई उनको मन्त्रालयमा भेट गरी शान्तिवार्ता पुनः आरम्भ गर्ने विषयमा छलफल भएको पाकिस्तानी स्रोतले जनाएको थियो ।