दोहोेरो पदकविजेता रजनीको भव्य स्वागत

दोहोेरो पदकविजेता रजनीको भव्य स्वागत


इन्डोनेसियाको बताममा भएको ५३औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपकी दोहोरो पदक विजेता रजनी श्रेष्ठलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले स्वागत गरेको छ ।

उक्त च्याम्पियनसीपमा रजनीले महिला ५५ केजीमा रजत तथा ३० वर्ष उमेरसमूहमा कांस्य जितेकी थिइन् । रजनी र टोली प्रमुख दिनेश राजभण्डारीलाई शारीरिक सुगठनका केन्द्रीय अध्यक्ष राजेशबाबु श्रेष्ठ, महासचिव राजन श्रेष्ठलगायतले त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अध्यक्ष श्रेष्ठले रजनीलाई व्यक्तिगत रुपमा १ लाख ५० हजार नगद पुरस्कार प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गरेका छन् ।