ओमानमा पेनट्राङ्गुलर टि-२० सिरिज : नेपालको पहिलो खेल हङकङसँग

ओमानमा पेनट्राङ्गुलर टि-२० सिरिज : नेपालको पहिलो खेल हङकङसँग


■ आरके श्रीवास्तव, ओमान

ओमानमा पाँच राष्ट्रसम्मिलित टी-२० क्रिकेट सिरिज सुरू भएको छ । पेनट्राङ्गुलर टी-२० श्रृङखलामा आयोजक ओमानसँगै आयरल्याण्डले राम्रो सुरुवात गरेको छ ।

उद्घाटन खेलमा शनिबार (१८ असोज) आयोजक ओमानले हङकङलाई ७ विकेटले हराएको छ भने यहाँ जारी टी-२० क्रिकेट सिरिजअन्तर्गत अर्को खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ । नेपाल आफ्नो पहिलो खेल आज आइतबार (१९ असोज) हङकङसँग खेल्दैछ ।

राजधानी मस्कटस्थित ओमान क्रिकेट एसोसियशनको टर्फ मैदानमा दिउँसो २ बजे खेल सुरू हुनेछ । लगत्तै सोमबार दोस्रो खेल नेदरल्यान्ड्ससंग खेल्ने छ भने नेपालले विजयादशमीको दिन भने खेल्ने तालिका राखेको छैन । नेपालले बुधबार आयरल्यान्डसँग र अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ ।

सिंगापुरमा त्रिकोणात्मक टी–२० श्रृङखला सकाएर बिहीबार राति ओमान पुगेको नेपालले शुक्रबार अन्तिम अभ्यास गरेको थियो । सिरिजमामा आयोजक राष्ट्र ओमान, नेपाल, नेदरल्यान्ड, आयरलैण्ड र हङकङ प्रतिस्पर्धा गर्दैछन् ।