टीकाको दिन सातवटा रुटमा सेनाको निःशुल्क बससेवा

टीकाको दिन सातवटा रुटमा सेनाको निःशुल्क बससेवा


दशैँमा नेपाली सेनाले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशैँको टीकाको दिन उपत्यकाका सर्वसाधारणलाई सुविधा दिन भन्दै सेनाले उपत्यकाका विभिन्न सातवटा रुटमा बस सेवा दिन लागेको हो ।

यात्रुको सुविधाका लागि निःशुल्क रूपमा सञ्चालन हुने ती गाडी एउटा रुटमा तीनवटाका दरले सञ्चालन हुनेछन् ।

नेपाली सेनाका गाडी सञ्चालन हुने ती रुटमा रुट–भद्रकाली–कलंकी–नागढुंगा, भद्रकाली–बल्खु–कीर्तिपुर, भद्रकाली–बानेश्वर–सूर्यविनायक, भद्रकाली–महाराजगञ्ज–बूढानीलकण्ठ रहेका छन् । यसैगरी सो दिन सेनाका गाडी चल्ने अन्य रुटमा भद्रकाली–महाराजगञ्ज–साँखु र चक्रपथ परिक्रमा दोहोरो रहेका छन् ।