करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते


झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज (शुक्रबार) करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा वडा नं. १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छिन् । आज बिहान आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर चौलागाईंदम्पती घाइते भएका थिए । घाइते विष्णुप्रसादलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पम्फादेवीको सोही अस्पतालमा उपचार भइरहेको छ ।