अब हेलम्बुका एकल पुरुषलाई पनि मासिक भत्ता





सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक रु. ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो ।

गाउँपालिकाभित्र करिब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम संकलन गरेर यकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले रु. २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

प्रतिक्रिया