पोखरामा बस दुर्घटना हुँदा ३० घाइते

पोखरामा बस दुर्घटना हुँदा ३० घाइते


पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा शुक्रबार बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग.१ख ४७७१ नम्बरको बस सडकबाट झन्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करिब ३० जना यात्रु घाइते भएका छन् । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।