अध्यक्ष राजेशबाबुद्वारा पुरस्कार घोषणा

अध्यक्ष राजेशबाबुद्वारा पुरस्कार घोषणा


नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ५३ औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसीपमा दोहोरो पदक जित्न सफल रजनी श्रेष्ठलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

इन्डोनेसियाको बताममा सञ्चालन भइरहेको प्रतियोगितामा रजनीले शारीरिक सुगठनको महिला ५५ केजीमा रजत तथा ३० वर्षमाथि उमेरसमूहमा कांस्य जितेकी थिइन् । रजनीलाई अध्यक्ष श्रेष्ठले व्यक्तिगत रुपमा १ लाख ५० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको शारीरिक सुगठनका केन्द्रीय उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् ।