फेरि वार्ताको तयारी गर्दै उत्तर कोरिया-अमेरिका

फेरि वार्ताको तयारी गर्दै उत्तर कोरिया-अमेरिका


वासिङ्टन (अमेरिका) र प्योङयाङ (उत्तर कोरिया) यही अक्टोबर ४ मा प्रारम्भिक भेट र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्न सहमत भएका उत्तर कोरियाली विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

प्रथम उप–विदेशमन्त्री चो सोन हुईले जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले उत्तर कोरियाली प्रतिनिधिमण्डल कार्यदलस्तरीय वार्तामा बस्न तयार बनेको जनाएको छ ।

‘मलाई विश्वास छ कार्यदलस्तरीय वार्ताबाट अमेरिका–उत्तर कोरिया सम्बन्ध विकासका लागि सकारात्मक गति प्राप्त हुनेछ’, हुईले भनेका छन् ।

वासिङ्टन–प्योङयाङबीच कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरणका लागि गत वर्षदेखि शुरू भई यसै वर्षको फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको वार्ताबाट सम्झौताका लागि कुनै प्रगति नभएपछि वार्ता प्रक्रिया अवरूद्ध रहिआएको छ ।