मेडिकल कलेजहरु सरकारीकरण गर्न महरको माग

मेडिकल कलेजहरु सरकारीकरण गर्न महरको माग


नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पुर्वअध्यक्ष नैनसिंह महरले मेडिकल शिक्षामा सबैको पहुँच पुर्याउन देशभरका मेडिकल कलेजहरु सरकारीकरण गरिनुपर्ने बताएका छन् ।

नेकपाको भातृ संगठन अनेरास्ववियु केन्द्रीय कमिटीले आज राजधानीमा आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल’ विषयक वृहत अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै महरले ऐन कार्यान्वयनको विकल्प नरहेको तर देशको सर्वाङ्गीण विकासका लागि शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले सम्पुर्ण रुपमा जिम्मा लिनुपर्ने जिकीर गरे ।

अहिले मेडिकल विद्यार्थीहरुले सुधारका लागि गरेको आन्दोलनमा हाम्रो साथ र समर्थन रहेको भन्दै महरले सरकार राज्यका सबै संवेदनशील अंगहरुमा प्रहार गरेर अराजकता निम्त्याइरहेको आरोप लगाए । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन आजसम्म सार्वजनिक नगरेबाट सरकारले अपारदर्शी तवरले कामगरिरहेको स्पष्ट भएको उनको भनाई थियो ।