सभामुखमाथि लागेको बलात्कार आरोपको गहन छानबिन गर्न माग

सभामुखमाथि लागेको बलात्कार आरोपको गहन छानबिन गर्न माग


■ सुरज घिमिरे, बुटवल

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारसम्बन्धी आरोपको गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् ।

बुटवलमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता थापाले महरामाथि लागेको आरोप यत्तिकै सामसुम पार्न नहुने बताए । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह उनले सजाय पाउनुपर्ने उनको जिकीर थिायो ।

कानुनभन्दा माथि कोही पनि नहुने तर्क गर्दै थापाले सभामुख दोषी भए उन्मुक्ति पाउनुपर्ने र अभियोग लगाउने महिला दोषी भए दण्ड दिनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि तनहुँमा भएको आक्रमणको प्रयासप्रति पनि उनले चर्को विरोध जनाए ।

यस्तै, उनले देशमा भ्रष्टाचार मौलाएको बताउँदै भ्रष्टाचारविरोधी अभियन्ताहरुमाथि चितवनमा भएको आक्रमणप्रति क्षोभ प्रकट गरे ।

दुई तिहाईको सरकारको काम देखेर जनता निराश भएको भन्दै गगनले वर्तमान सरकारसँग रत्तिभर नैतिकता नभएको आरोप लगाए ।

जनताले शान्ति सुरक्षाको अनुभुति गर्न नपाएको बताउँदै उनले त्यो नरोकिँदा जनता निराश भएर सडकमा उत्रिन सक्ने चेतवानी समेत दिए ।

सरकारले जनताको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै सरकारले राम्रो गरे कांग्रेसले पुर्ण रुपले समर्थन गर्ने बताए ।