आपूर्ति सहज बनाउन चेम्बरको आग्रह

आपूर्ति सहज बनाउन चेम्बरको आग्रह


नेपाल चेम्बर अफ कमर्शले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा देखिएको असहज अवस्था हटाउन आग्रह गरेको छ । ठूला गाडीको प्रवेशमा रोक लगाइएसँगै राजधानीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या भएको ठहर गर्दै चेम्बरले तत्काल आपूर्ति व्यवस्थामा ध्यान दिई ढुवानीका साधनलाई काठमाडौँ प्रवेशमा सहज वातावरण बनाउन अनुरोध गरेको छ ।

राजधानी प्रवेशको मुख्य नाका नागढुङ्गा क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको भन्दै सरकारले तत्कालका लागि छ चक्केभन्दा ठूला ट्रकको काठमाडौँ प्रवेशमा रोक लगाएको छ । आयातित वस्तुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले पनि मूल्यवृद्धि हुन पुगेको चेम्बरले जनाएको छ । चाडबाडका बेलामा मात्र गरिने बजार अनुगमन मूल्यवृद्धिको प्रमुख कारक बनेको चेम्बरको निष्कर्ष रहेको छ ।