साकिशामा टापूतर्फ बढ्दै मिताग

साकिशामा टापूतर्फ बढ्दै मिताग


■ श्याम क्षेत्री, टोकियो

मिताग नामक आँधी ओकिनावाको दक्षिणी प्रिफेक्चर साकिशामा टापूतर्फ बढ्ने अनुमान गरिएको छ । जापानी मेट्रोलोजिकल एजेन्सीले बताएअनुसार सोमबार मिताग प्रतिघण्टा २० किलोमिटरको रफ्तारले फिलिपिन्सको उत्तरपश्चिम क्षेत्रतर्फ बढ्दै गएको छ ।

मितागका कारण शाकिसिमा टापूमा शक्तिशाली हावा आउन सक्ने बताइएको छ । आँधीका कारण भारी वर्षा आउन सक्ने र बुधवारसम्म यो पश्चिम जापानतर्फ बढ्ने अनुमान गरिएको छ।

यो सिजनको १८औँ ताइफुले जापानको ओकिनावासहित ठूलो क्षेत्रमा असर पार्ने मौषमविदहरुले अनुमान गरेका छन् । यही वर्ष आएका दुई शक्तिशाली ताइफुका कारण केही व्यक्तिहरुले ज्यान गुमाएका छन् भने चिवासहितका केही क्षेत्रमा भौतिक क्षति समेत भएको थियो ।

मौसमविदहरुले भारी वर्षाका कारण बाढी पहिरो र मेघगर्जन हुने भएकाले सतर्क रहन भनेका छन् ।