बूढानीलकण्ठलाई बीएमके बास्केटबल उपाधि

बूढानीलकण्ठलाई बीएमके बास्केटबल उपाधि


बूढानीलकण्ठले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले कीर्तिपुरलाई ६३–४२ ले पराजित गऱ्यो ।

बूढानीलकण्ठका रुपेश नापितले १९ अंक जोडे । बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले ८ अंक जोडे । कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे ।

समूह ‘ए’ मा रहेको बूढानीलकण्ठले लिगमा आयोजक बीएमके, गोल्डेनगेट र आइस वाकरलाई पराजित गरेको थियो भने एसडीसीबाट वाक ओभर पाएको थियो । त्यस्तै बूढानीलकण्ठले एनसीएचएसलाई हराएको थियो ।

विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे । बूढानीलकण्ठका रुपेश नापित ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ५ हजार नगद पुरस्कार पाए ।

असोज ४ गतेदेखि सुरु प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।