पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए

पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए


अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा गत शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारवाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको र सो क्रममा ती अभियुक्त मारिएकाहुन् ।

ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको थियो । बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा प्रहार गर्नेको साथबाट छुरा बरामद गरिएको उल्लेख छ ।

छुरा प्रहार गर्ने र मृत्यु हुने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै रराससले जनाएको छ ।

छुरा प्रहार गर्नेले किन छुरा प्रहार गरेको हो भन्ने अहिलेसम्म खुल्न नसकेको बताइएको छ ।