मस्कटमा नेपाल मगर संघ ओमानको वनभोज

मस्कटमा नेपाल मगर संघ ओमानको वनभोज


■ आरके श्रीवास्तव, ओमान

नेपाल मगर संघ ओमानको पाँचौ वनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । ओमानको राजधानी मस्कटस्थित शिव फर्म हाउसमा कार्यक्रम सम्पन्न भएको थियो । यस अवसरमा करिव एक सय बीस जना नेपालीहरूको सहभागिता रहेको थियो ।

मगर संघका पदाधिकारी तथा सदस्यहरूले आफ्नै संस्कृति झल्किने गरी भेषभुषामा सजिएका थिए भने आफ्नै गीत संगीतमा पनि सामुहिक नृत्य प्रस्तुत गरेका थिए । अन्य विभिन्न गीत संगीतमा सहभागी सबैले सामुहिक नृत्य गरेका थिए । वनभोज कार्यक्रमलाई थप रमाइलो गराउनका लागि विभिन्न किसिमका रमाइला खेल प्रतियोगितात्मक तरिकाले खेल खेलाइएका थियो ।

खेलमा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई पुस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित हुनको लागि आयोजकले यातायातको व्यवस्था मिलाएको थियो । कार्यक्रम सफल बनाउनका लागि विभिन्न सहयोगी दाताहरु संघका वरिष्ठ सल्लाहकार सेवान्त पुर्जा पुन मगर, उपाध्यक्ष रुपा पुन मगर , केन्द्रिय सदस्य दिल कुमारी सिंजाली मगर, खेलसंयोजक चित्र थापा मगर, शिव गैरे, यामप्रसाद गुरुङ, नारायण खनाल लगाएतका ब्यक्तिहरुले कार्यक्रमलाई विभिन्न स्पोन्सर गरेर सहयोग पुर्याएका थिए ।

कार्यक्रममा सहयोगी दाताहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । अन्तिममा संघका अध्यक्ष सुर्यबहादुर थापा मगरले कार्यक्रममा सहयोगी तथा सहभागी सम्पुर्णलाई धन्यवाद दिँदै कार्यक्रम विसर्जन गरेका थिए ।