बिल गेट्सद्वारा पाकिस्तानलाई २ सय मिलियन डलर सहयोगको घोषणा

बिल गेट्सद्वारा पाकिस्तानलाई २ सय मिलियन डलर सहयोगको घोषणा


पाकिस्तानलाई विश्वचर्चित माइक्रोसफ्ट कम्पनीले आर्थिक सहयोग गर्ने भएको छ । बिल गेट्स संस्थापक रहेको माइक्रोसफ्टअन्तर्गतको बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनले आर्थिक समस्याबाट गुज्रिरहेको पाकिस्तानलाई २ सय मिलियन डलरको सहयोग गर्ने घोषणा गरेको हो ।

राष्ट्रसंघीय महासभामा भाग लिन पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका पुगेकै बेला सो घोषणा भएको हो ।

शुक्रबार बिल गेट्सले सो सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । फाउन्डेसनद्वारा प्राप्त सो सहयोग रकम सन् ०२० सम्म पाकिस्तानी गरिबीविरुद्धको अभियानमा प्रयोग गरिने जनाइएको छ । सो सहयोगप्रति प्रधानमन्त्री इमरान खानले सो फाउन्डेसनप्रति कृतज्ञता व्यक्त गरेका छन् ।