ठेलाबाट सुरु गरेर अढाइ करोडको ‘ड्याडीज किचन’

ठेलाबाट सुरु गरेर अढाइ करोडको ‘ड्याडीज किचन’


पोखरामा दिनदिनै नयाँ रेष्टुरेण्ट खुलिरहेका छन् । जति खुलिरहेका छन् नचलेर बन्द हुने स्थितिमा पुगेका पनि उत्तिकै छन् । यस्तो जोखिमका बाबजुद पोखराको विरौटास्थित हिमाली टोलमा हालै नयाँ रेस्टुरेण्ट ‘ड्याडीज किचन’ सञ्चालनमा आएको छ ।

पोखराकै विरौटामा फुड ट्रक सञ्चालनमा ल्याएर ब्यवसाय चलाउँदै आएकाहरूले नै करिब २ करोड ५० लाख रुपैयाँ लगानी गरेर ड्याडीज किचन सञ्चालनमा ल्याएका हुन् । बुटवलबाट २०७० सालमा ठेलाबाट सुरु गरेको ब्यवसायले अहिले पर्यटकीय शहर पोखरामा फुड ट्रक हुँदै ठुलो रेष्टुरेण्टको रुप लिएको हो ।

२०७३ असार १२ गते पोखराको विरौटास्थित राममन्दिर जाने बाटोमा ड्याडीज किचनले पोखरामै पहिलोपटक फुड ट्रक सञ्चालनमा ल्याएको हो । जहाँबाट अहिले पनि मानिसहरुले सेवा पाइरहेका छन् । त्यस्तै, २०७५ सालमा पोखराकै चिप्लेढुङ्गाको निभा गल्लीमा फुड ट्रक शाखाको रुपमा स्थापना भयो, ड्याडीज किचन । यसको सञ्चालक समुहले पोखरा शहरभित्र मात्रै करिव २ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । पोखरा, बुटवल, काठमाडौँ र रुपन्देहीको रामापुरमा पनि यसको शाखा छ ।

नयाँ खुलेको ड्याडीज किचनमा आकर्षणको रुपमा काठको ठुलो गिटार छ । गिटार २८ दशमलब ५ फिट लम्बाई र १० फिट चौडाईको छ, जुन अहिलेसम्मकै विश्वकै ठुलो काठको गिटार भएको अनुमान गरिएको छ ।

यसबाहेक नयाँ परिकारको स्वाद भने ड्याडीज किचनले चखाई नै रहन्छ । त्यस्तै, पोखरामा नै सबै भन्दा ठुलो क्यानभासमा नेपाल एकीकरणका सुत्राधार पृथ्वीनारायण शाहको तस्बिर पनि यहाँ देख्न सकिन्छ ।

यहाँ फेवतालमा २५ वर्ष खियाइएको पुरानो डुंगालाई सजाएर राखिएको छ । जुन डुंगा पुरानो भएर चलाउन नमिल्ने भएपछि थन्क्याइएको थियो । ड्याडीज किचनले त्यसलाई किनेर मर्मत गरी आफ्नो रेस्टुरेण्टको मुख्य आर्कषणको सामान बनाएको छ ।

यहाँ भएको अर्काे आकर्षकको बस्तु हो लडियाको पाङ्ग्रा । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ बाट लडियाको पाङ्ग्रा (करिब ६० वर्ष पुरानो) ड्याडीज किचनको अर्काे आकर्षकको सामान हो ।

रेस्टुरेण्टको माथिल्लो तलाको हुक्का बारलाई पियानोको आकार दिइएको छ । त्यस्तै अगाडीको रिसेप्सन, बार, बेकरी, बारिस्ता पनि गिटारकै आकारमा निर्माण गरिएको छ । एकैपटकमा करिव तीनसय मानिसले ड्याडीज किचनमा सेवा पाउने बन्दोबस्त मिलाइएको छ ।

यो बाहेक यहाँ पुराना हजुरबाको पालोको तमाखु (हुक्का) पनि सजाएर राखिएको छ । त्यस्तै यहाँ पुराना लोप भएर जानै लागेका पुराना बस्तुहरुलाई सजाएर राखिएको छ । कवाडी सामानबाट बनेका आकर्षक बस्तुहरु पनि यहाँ सजाएर राखिएको छ । नयाँ रेस्टुण्ट ड्याडीज किचनमा अहिले ५२ जनाले ग्राहकलाई सेवा दिइरहेका छन् ।

यो बाहेक ड्याडीज किचनले आफ्नो नौ वटा शाखाबाट ग्राहकले आफुले चाहेको स्वादमा सेवा दिइरहेको बताइन्छ ।

ड्याडीज किचनको नयाँ रेस्टुरेण्ट कमलजंग कुँवर र होम रानाले सञ्चालनमा ल्याएका हुन् । ड्याडीज किचन सञ्चालक समितिका अध्यक्ष कुँवरले ‘कायपलट ल्याउँछौँ, स्वदेशमै युवा उद्यमशीलताको सम्मान गरौँ’ भन्ने नाराका साथ ड्याडीज किचन सञ्चालनमा आएको बताए । यस नयाँ रेस्टुण्टले यही असोज १२ गते देखि १६ गतेसम्म १० प्रतिशत छुटको ब्यवस्था गरेको कुँवरले जानकारी दिए । यहाँ जन्मदिन मनाउन आउने ग्राहकको सुविधालाई ध्यानमा राखेर बर्थ डे केक ड्याडीज किचनकै तर्फबाट उपलब्ध गराउने गरिएको उनको भनाई छ ।