अमिताभलाई ‘दादा साहेव फाल्के पुरस्कार’

अमिताभलाई ‘दादा साहेव फाल्के पुरस्कार’


बलिउडका महानायक अमिताभ बच्चन भारतीय सिनेमाको सवैभन्दा ठूलो सम्मान ‘दादा साहेब फाल्के अवार्ड’बाट सम्मानित हुने भएका छन् । यो कुरा पर्यावरण, वन तथा जलवायु मन्त्री प्रकाश जावडेकरले जानकारी गराएका छन् ।

मन्त्री जावडेकरले ट्वीटमा यसको जानकारी गराउँदै लेजेन्ट अमिताभ बच्चनले दुई पिँढीलाई मनोरञ्जन गराएवापत उनलाई फाल्के पुरस्कारको लागि चयन गरेको बताएका छन् । साथै यो खबरले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा खुशी छाएको बताउँदै शुभकामना र बधाई दिएका छन् ।

अभिताभ बच्चनलाई फाल्के पुरस्कारबाट सम्मानित गरिने भएपछि अहिले अमिताभलाई बलिउडका अभिनेता अभिनेत्रीहरुको बधाईको ओइरो लागेको छ । जसमा चर्चित अभिनेता रजनीकान्तले अमिताभलाई बधाई दिँदै यो सम्मानको लागि योग्य भएको बताएका छन् ।