एनआरएनए जापान र नेपाली राजदुतावासबीच छलफल

एनआरएनए जापान र नेपाली राजदुतावासबीच छलफल


■ श्याम क्षेत्री, जापान

एनआरएनए जापान (२०१९-२०२१) कार्यसमिति र नेपाली राजदुतावास टोकियोबीच सिष्टाचार भेटवार्ता भएको छ । मंगलबार (७ असोज) नेपाली राजदुतावास टोकियोमा भएको भेटवार्तामा नेपाली राजदुतावास टोकियोको तर्फबाट जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याललगायत नेपाली राजदुतावास टोकियो परिवार रहेको थियो भने एनआरएनए जापानको तर्फबाट नवनिर्वाचित अध्यक्ष देवीलाल भण्डारीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिता गुरुङलगायत कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो।

पहिलो चरणमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पालै पालो आफ्नो परिचय तथा भनाईहरु राख्ने कार्यक्रम सम्पन्न भएको थियो भने दोस्रो चरणमा नवनिर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई राजदूत राणाले खादा ओढाएर बधार्इ तथा सफल कार्यकालको शुभकामना दिदिनुभएको थियो ।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष देवीलाल भण्डारीले सदाझैँ नेपाली राजदुतावासको साथ र सहयोग रहनेमा आफु विश्वस्त रहेको र जसमा आफूले जहिले पनि राजदुतावासको सहकार्यमा जापानस्थित नेपालीका हक़हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो यसै क्रममा नेपाली दुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले दुतावासबाट प्रकाशित हुने महत्वपुर्ण सूचनाहरु सम्पुर्ण जापानवासी नेपालीहरुमा पुर्याउन सबैले विशेष पहल गर्नुपर्नेमा जोड़ दिनुभयो।

आफ्ना भनाई राख्ने क्रममा राजदूत प्रतिभा राणाले एनआरएनए जापान २०१९-२०२१ र्कायकालको टिमले सम्पुर्ण क्षेत्रलाइ समेटेको आफुलाई महसूस भएको कारण काम गर्न धेरै सजिलो हुने भएकोले जापानवासी नेपालीहरुको हितमा काम गर्न अनुरोध गर्नुभएको थियो । त्यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु हामी सम्पुर्ण जापानवासी नेपालीहरुको ज़िम्मेवारी भएकोले सम्पुर्ण जापानवासी नेपालीहरुले आफू पनि राजदूतको भूमिकामा रहेर काम गर्नुहुन अनुरोध गर्नुभएको थियो अन्त्यमा आफूले पाएको ज़िम्मेवारी जस्तै जापान नेपाल सिधा हवाई सेवा, उच्चस्तरीय भेटवार्ता, नेपालीहरुलार्इ रोज़गारीलगायतका धेरै हदसम्म आफूले पाएको ज़िम्मेवारी पूरा गर्न सकेकोमा खुशी ब्यक्त गर्नुभएको थियो।

साथै यही सेक्टेम्बर २९ आइतबारको दिन एनआरएनए जापानको आयोजनामा सोलमारी मुराहल टोकियोमा दिउँसो १ः००(४ः०० बजेसम्म माननीय भुमिसुधार ब्ययस्था, कृषि तथा सहकारीमन्त्री डाउन दोर्जे लामा, द्वितीय सचिव डा. योगेन्द्रकुमार कार्की, तृतीय सचिव बालकृष्ण घिमिरे, सुरा थपलिया, उषा गिरीलगायत नौ ब्यक्तित्वको सहभागितामा कृषिसम्बन्धी अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएकोले जापानस्थित विभिन्न संघ, संस्थालगायत सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ।