जङ्गलमा बेवारिस फेला परिन् डेढ वर्षकी बालिका

जङ्गलमा बेवारिस फेला परिन् डेढ वर्षकी बालिका


■ नारद कोहार, कपिलवस्तु

कपिलवस्तुको वडा नं १० पटनास्थित जंगलमा एक बालिका बेवारिस अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार अन्दाजी डेढ वर्षीया बालिका शनिबार (४ भदौ) बेवारिसे अवस्थामा फेला परेकी हुन् भने उनी यतिबेला कपिलवस्तुको इलाका प्रहरी कार्यालय पिपरामा राखिएकी छिन् ।

हालसम्म बच्चा मेरो हो भनेर दाबी गर्ने कोही पनि फेला नपरेको कारण महिला प्रहरीले बच्चाको रेखदेख गर्दै आएका छन् । कोही पनि दाबी गर्न नआएमा प्रक्रिया पुऱ्याएर कपिलवस्तुस्थित बालगृहलाई हस्तान्तरण गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय पिपराको भनाइ छ ।