डेङ्गुको सङ्क्रमणबाट एक महिलाको मृत्यु

डेङ्गुको सङ्क्रमणबाट एक महिलाको मृत्यु


रुपन्देहीको सैनामैनामा डेङ्गुको सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रबारदेखि ज्वरो आएपछि परियारलाई स्थानीय मेडिकलमा उपचार गरिए पनि सुधार नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । जिल्लामा डेङ्गुको सङ्क्रमणबाट दुई हप्ताअघि पनि एक महिलाको मृत्यु भएको थियो ।