मोटरसाइकल दुर्घटनामा लक्ष्मीको गयो ज्यान

मोटरसाइकल दुर्घटनामा लक्ष्मीको गयो ज्यान


■ नारद कोहार, कपिलवस्तु

आइतबार साँझ भएको सडक दुर्घटनामा कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ। कपिलवस्तुको जीतपुर–तौलिहवा सडकखण्ड अन्तर्गत पचेहरामा भएको मोटरसाइकल दुर्घटनामा वाणगंगानिवासी लक्ष्मी आचार्यको ज्यान गएको हो।

दुर्घटनाबाट गम्भीर घाइते आचार्यलाई तत्काल उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि बुटवल रिफर गरेपश्चात् उपचारको क्रममा आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।