वैदेशिक रोजगार व्यवसायी निर्वाचन : लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

वैदेशिक रोजगार व्यवसायी निर्वाचन : लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा


नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो ।

त्यसैगरी सो समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी घोषणा गरिएको छ ।

यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा गरिएको छ ।

अध्यक्षका प्रत्याशी गैरेले व्यवसायलाई मर्यादित, व्यवस्थित र नियमित गर्ने तथा पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहित र सुरक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । उनले श्रम सम्झौता नभएका मुलुकसँग तत्काल सम्झौताका लागि नेपाल सरकारसँग पहल गर्ने र नयाँ तथा आकर्षक गन्तव्य मुलुकको पहिचान गरी श्रम सम्झौता गरेरमात्र कामदार पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

घोषणा सभामा फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगार व्यवसायमाथि चौतर्फी रुपमा आक्रमण भइरहेको उल्लेख गर्दै व्यवसायी फुटेर होइन एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सङ्घको २७ औँ साधारणसभा यही असोज ७ गते राजधानीमा हुँदैछ । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका व्यवसायीले दुई समूह खडा गरेर निर्वाचनमा होमिँदै छन् । प्रगतिशील समूहले शनिबार उम्मेद्वारी घोषणा गर्ने जनाएको छ ।