मुर्ती सेलाउने क्रममा बेपत्ता यादवको शव फेला

मुर्ती सेलाउने क्रममा बेपत्ता यादवको शव फेला


राजविराज । विश्वकर्माको मुर्ती सेलाउने क्रममा बिहीबार नहरमा बेपत्ता भएका एक यूवाको शुक्रबार शव फेला परेको छ ।

विष्णुपुर गाउँपालिका–७ स्थित कोशी पश्चिमी नहरमा मुर्ती सेलाउने क्रममा २२ वर्षीय मनिषकुमार यादव बेपता भएका थिए ।

सिरहाको सुखीपुर नगरपालिका वडा नम्वर–२ घर भएका यादव राजविराज–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा काम गर्दै आएका थिए ।

डेरीमा बनाइएको मुर्तीलाई पूजापश्चात सेलाउने क्रममा उनी बिहीबार साँझ वेपत्ता भएका थिए । नेपाली सेना, नेपाल प्रहरी स्थानीय वासिन्दा समेतको सहयोगमा उनको शव शुक्रबार विहान फेला पारिएको हो ।

] xf] .