रामजानकी मन्दिरमा बमको हल्ला

रामजानकी मन्दिरमा बमको हल्ला


बम भएको हल्लाका कारण धनुषास्थित जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर खाली गराइएको छ ।

शुक्रबार दिउँसो करिब १२ बजे मन्दिर परिसरमा बम राखेको सूचना प्रहरीलाई आएपछि मन्दिरमा पूजा गर्ने तथा भक्तजनलाई बाहिर निकालिएको हो ।

मन्दिर परिसर अहिले प्रहरीको सुरक्षा घेराभित्र छ । प्रहरीले मन्दिरको चारैतिर खोजतलास गरिरहेको बताइएको छ ।

बम राखेको सूचना आए पनि बम तथा कुनै त्यस्तो शंकास्पद वस्तु भने फेला परेको छैन ।