ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु


अफगानिस्तानको पूर्वी प्रान्त नान्गारहारमा इस्लामिक स्टेट्स (आईएस) लडाकु समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ ।

यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले बताएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।

यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआबद्ध सैनिकबाट भएको बताइएको छ । आईएस लक्षित यस कारबाहीमा दुर्भाग्यवश सर्वसाधारण परेका प्रहरी अधिकारीले जानकारी दिएका छन् । यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।