वासिंगटनडीसीमा गोली चल्दा एकको मृत्यु, पाँच घाइते

वासिंगटनडीसीमा गोली चल्दा एकको मृत्यु, पाँच घाइते


उत्तरी वासिंगटन डीसीमा बिहीबार राति भएको गोलीबारीमा एकजना व्यक्तिको मृत्यु भएको छ । यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा एक महिला र चार पुरुष रहेको घटनास्थलमा प्रहरी कमाण्डरले पत्रकारलाई बताएका छन् । सो गोलाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिलाई नजिकैको अस्पतालमा लगिएको छ ।

ह्वाइटहाउसबाट करिब ३ किलोमिटर टाढा रहेको कोलम्बिया हाइट्समा स्थानीय समयनुसार बिहान १० बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

अमेरिकी राजनीतिज्ञहरूले यस वर्षमा धेरै आम गोलीबारीपछि बन्दुक राख्न पाउने विषयका कानुनहरू संशोधन गर्न छलफल गरिरहेका छन् । अमेरिकाका विभिन्न ठाउँमा भएका गोलीकाण्डमा दर्जनौँ मानिस मारिएका छन् ।