कानूनविपरित कर्मचारीलाई बोनस बाँड्दै नागरिक उड्डयन प्राधिकरण

कानूनविपरित कर्मचारीलाई बोनस बाँड्दै नागरिक उड्डयन प्राधिकरण


नागरिक उड्डयन प्राधिकरणले कानूनविपरित कर्मचारीलाई बोनस बाँड्न लागेको छ । प्राधिकरणले चालु वर्षमा कर्मचारीलाई बोनस बाँड्नका लागि १ अर्ब २६ करोड बिनियोजन गरेको हो । जुन कानून विपरित हो ।

बोनस ऐन र नियमावलीमा भएको पछिल्लो संशोधनले नियामक निकायले बोनस दिन नपाउने व्यवस्था गरेको थियो । तर प्राधिकरण भने संस्था नियामक भन्दा पनि व्यवसायिक भएकोले बोनसका लागि रकम व्यवस्था गरिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

प्राधिकरणले गत वर्षको बजेटमा पनि बोनसकै लागि भन्दै ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । स्थापना पछि २०६८ सालमा पहिलोपटक नाफामा गएको प्राधिकरणले सरकारी लगानीअनुसार लाभांस दिइरहेको र कानूनअनुसार कर्मचारीलाई पनि बोनस दिनुपर्ने भन्दै प्रत्येक वर्षको बजेटबाट बोनस छुट्याउँदै आएको छ । बोनस नियमावली २०३९ को चौथो संशोधनले नियामक निकायलाई बोनस वितरणमा रोक लगाएको छ ।