घुससहित भक्तपुरका नापी सर्भेक्षक पक्राउ

घुससहित भक्तपुरका नापी सर्भेक्षक पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका नापी सर्भेक्षकलाई आठ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । नापी सर्भेक्षक सिद्धराज जोशीलाई सेवाग्राहीसँग आठ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

जग्गाको हालसाबिक गर्न नापी कार्यालय भक्तपुरबाट तोकआदेश भई फिल्ड नापजाँच गर्ने क्रममा सर्भेक्षक जोशीले सेवाग्राहीसँग घुस लिएका थिए । उनलाई भक्तपुर नगरपालिका– ९ मा रहेको लुम्बिनी एन्ड भोजनालयबाट ग्राहकसँग आठ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । घुससहित पक्राउ परेका जोशीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।