थलीका प्रहरी प्रमुख सई पाँच हजार घुससहित पक्राउ

थलीका प्रहरी प्रमुख सई पाँच हजार घुससहित पक्राउ


घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । बुधबार अख्तियारको टोलीले महानगरीय प्रहरी वृत्त बौद्धमातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख विपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरको हो ।

थलीका स्थानीय व्यवसायीलाई बिनाकारण पटकपटक दुःख दिने गरेको र रकम माग गर्ने गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरी दिएका थिए । पक्राउ परेका पन्तलाई अख्तियारको टोलीले हिरासत पठाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

हालै मात्र बौद्धको प्रहरी प्रमुखका रूपमा आएका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंह महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत हुदाँ रु. तीन लाख घुस रकम लिँदै गर्दा पक्राउ परेका थिए । केही समय निलम्बनमा रहेर उनले सफाइ पाएपछि पुनः सेवामा आएका हुन् । यसअघि महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायब उपरीक्षक श्याम राई एक लाख ४० हजार घुससहित कार्यकक्षबाटै अख्तियारको टोलीले पक्राउ गरेको थियो । हाल राई निलम्बनमै छन् ।