ज्येष्ठ नागरिकलाई हवाईभाडामा ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

ज्येष्ठ नागरिकलाई हवाईभाडामा ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन गरेको निर्णय आज (असोज १) देखि कार्यान्वयनमा आएको छ ।

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताएका छन् ।

मन्त्री भट्टराईले ७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेअनुसार यसको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गरिएको हो ।

मन्त्री भट्टराईले गत भदौ ९ मा गरेको घोषणा सरोकारवालासँग छलफल गरी ३ महिनाभित्रै कार्यान्वयनमा ल्याउने बताएका थिए ।

यसैगरी निगमले दशैँका लागि अग्रिम बुकिङसमेत आजबाट खुलाएको छ । यात्रुले अब निगमको आन्तरिक उडानमा यात्रुहरुल अग्रिम बुकिङ गरी टिकट लिन सक्नेछन् ।