आज नयाँ संसद् भवनको शिलान्यास

आज नयाँ संसद् भवनको शिलान्यास


सिंहदरबारभित्रै नयाँ संसद् भवनको निर्माण गरिने भएको छ । नयाँ संसद् भवन सिंहदरबारको पुतली बगैंचामा निर्माण गरिन लागेको हो ।

निर्माण गरिन लागेको नयाँ संसद् भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच शिलान्यास गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भवनको अहिले बिहान ११ः३० बजे शिलान्यास गरिनेछ । संसद् भवन बढीमा साढे दुई वर्षमा निर्माण सम्पन्न हुने सहरी विकासको दाबी छ ।

संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डरलगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको बताइएको छ । शिलान्यासलगत्तै भवन निर्माणले गति पाउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

सिंहदरबारभित्र रहेको प्रतिनिधिसभा भवन जिर्ण भएपछि विगत लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।