करेन्ट लागेर गयो युवकको ज्यान

करेन्ट लागेर गयो युवकको ज्यान


■ सुरज घिमिरे, अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्कमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नं. ९ गोखुंगाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्लाको सन्धिखर्क नगरपालिका १ हललाइनमा बस्दै आएका पुनलाई केबुल मर्मतका क्रममा मंगलबार बेलुका सवा ५ बजे करेन्ट लागेको थियो । करेन्ट लागेर जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा ल्याउँदै गर्दा पुनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

उनी मालारानी गाउँपालिका वडा नं. ९ गोखंगाका वडा अध्यक्ष फनबहादुर पुनका छोरा हुन् ।