बिहीबारसम्मै वर्षा, सचेत रहन आग्रह : मौसमविद्

बिहीबारसम्मै वर्षा, सचेत रहन आग्रह : मौसमविद्


काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बिहानैदेखि मौसम बिग्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशभर वर्षा हुने जनाएको छ ।

हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ । अहिले पूर्वी तराइ, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ भने बाँकी भूभागमा आँशिकदेखि सामान्य बादलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

मंगलबार र बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, अरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायत मकबानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने अनि नदीमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बुधबार

बुधबार दिउँसो देशभर सामान्य बदली रही मध्य भूभागका धेरै स्थानमा र देशका बाँकी भूभागहका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति
बुधबार देशभर पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

बिहीबार

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति
यस्तै, बिहीबार राति पनि देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाको छ ।