आधिकारिक ट्रेड युनियन कांग्रेसको जित

आधिकारिक ट्रेड युनियन कांग्रेसको जित


वीरगन्जस्थित हिमालयन डिष्टिलरी प्रालिको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेससंग आबद्ध नेपाल कारखाना श्रमिक संघले जित हासिल गरेको छ ।

सोमबार भएको निर्वाचनमा सत्तारुढ दुई तिहाई नेतृत्वको नेकपाको मजदुर संगठनलाई भारी मतले पराजित गर्दै कांग्रेस आबद्ध श्रमिक संघ विजयी भएको हो । सुखाडी यादवको नेतृत्वको नेपाल कारखाना श्रमिक संघले शानदार जित निकालेको नेपाल ट्रेड युनियन कांग्रेस पर्सा जिल्ला अध्यक्ष छोटेलाल प्रसादले जानकारी दिए ।

कारखाना श्रमिक संघले ११३ र नेकपा समर्थित संगठनले ७४ मत मात्रै प्राप्त गरेका थिए ।